काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त बोनस शेयर बीमा समितिबाट स्वीकृत भइ यस कम्पनीको आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।