काठमाडौं । ग्रीन भेञ्चर्सको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले शेयरधनीका लागि छुट्याएको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने शेयरमध्ये ९३ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीका लागि र १ लाख ५६ हजार कित्ता शेयर सामुहिक लागानी कोषको लागि छुट्याएको छ । र बाँकी २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ ।
उक्त आईपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।
इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
सो कम्पनीको प्रतिमेगावाट लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ ।



