images
images

एक वाणिज्य बैंकसहित ४ कम्पनीको ८५ लाख ४९ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 590
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    एक वाणिज्य बैंकसहित ४ कम्पनीको ८५ लाख ४९ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । एक वाणिज्य बैंकसहित ४ कम्पनीको ८५ लाख ५९ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार नेपाल एसबीआई बैंक प्राइम लाईफ इन्स्योरेन्स, पोखरा फाइनान्स र वोमी लघुवित्तको  बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    नेपाल एसबीआई बैंकको ३.५० प्रतिशत बोनस बराबरको ३३ लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस बराबरको ३६ लाख २५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    त्यसैगरि, पोखरा फाइनान्सको ८.०७५प्रतिशत बोनस बराबरको ७ लाख ७७ हजार कित्ता बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । र वोमी लघुवित्तको २० प्रतिशत बोनस बराबरको ८ लाख २३ हजार कित्ता बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।


    images
    images

    Logo