images
images

बैंकले ऋण दिन छाडेपछि जग्गा रोक्का आधा घट्यो, किनबेचमा पनि गिरावट


  • 767
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    बैंकले ऋण दिन छाडेपछि जग्गा रोक्का आधा घट्यो, किनबेचमा पनि  गिरावट

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा भएको लगानीयोग्य पुँजीको अभावको प्रभाव घरजग्गाको कारोबारमा देखिएको छ । पुँजीको आभवका कारण बैंकले गर्ने लगानी घटेसँगै घरजग्गाको रोक्का तथा फुकुवाको मात्रामा व्यापक कमी आएको हो । यसले घरजग्गाको किनबेचमा समेत असर गरेको छ । माघ र फागुन महिनामा यसको प्रत्यक्ष असर देखिएको छ । 

    यो वर्ष माघ महिनामा देशका १ सय २८ मालपोत कार्यालयमा कुल ४ हजार २ सय ७७ वटा जग्गा नामसारी गरिएका छन् । जबकी अघिल्लो वर्षको यही समयमा ५ हजार २ सय ९६ वटा जग्गाको नामसारी भएको थियो । 
    त्यस्तै, फागुन महिनामा अघिल्लो वर्ष ५ हजार १ सय ६४ वटा जग्गा नामसारी भएकोमा यो वर्ष यो घटेर ५ हजार ९ मा झरेको छ । 

    त्यसो त, माघ र फागुन जग्गासम्बन्धी कुल सेवाको संख्या समेत घटेको छ । देशभरका मालपोत कार्यालयले यो वर्षको माघ र फागुनमा क्रमशः १ लाख ३२ हजार र १ लाख ६२ हजार पटक सेवा प्रवाह गरेका छन् । जबकी अघिल्लो पटक २ लाख ११ हजार र २ लाख १४ हजार पटक सेवा प्रवाह गरिएको थियो ।

    रोक्का तथा फुकुवामा पनि गिरावट

    बैंकिङ ऋणसँग प्रत्यक्ष रुपमा जोडिएको घरजग्गाको रोक्का तथा फुकुवामा पनि यो अवधिमा निकै कमी आएको छ । माघ र फागुनमा यो दर अघिल्लो वर्षभन्दा आधा भन्दा पनि तल झरेको छ । 

    अघिल्लो वर्ष माघमा ६२ हजार १ सय १६ वटा जग्गा रोक्का भएकोमा यो माघमा ३० हजार ९ सय ८५ वटामा झरेको छ । उता, फागुनमा अघिल्लो वर्ष ६४ हजार ४ सय ३८ वटा जग्गा रोक्का भएकोमा यो माघमा ३६ हजार ५ सय ७२ वटामा झरेको छ ।

    यो वर्षको असोजपछि जग्गाको रोक्का तथा फुकुवामा शिथिलता आएको छ । यसको प्रमुख कारण ऋणको संकुचन नै रहेको जानकारहरु बताउँछन् । 


    images
    images

    Logo