images
images

विद्यालयहरु खेलमैत्री हुनुपर्छः मन्त्री अथक


  • 308
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    विद्यालयहरु खेलमैत्री हुनुपर्छः मन्त्री अथक

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताएका छन्  । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताए हो । 

    सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै समुदायिक विद्यालयहरु खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम भुमिका निर्वाह गर्नुपर्छ ।”

    नेपाल सरकारले सामुदायिक विद्यालय सुधारकालागि विभिन्न योजनाहरु लागु गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारकालागि शिक्षक तथा अभिभावकहरु समेत जागरुक हुनुपर्ने बताए ।

    शनिबार गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले आईतबार विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरेको थिए । शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख लागतमा विद्यालयको ४ कोठाको भवन निर्माण गरीएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिए । 


    images
    images

    Logo