images
images

तेस्रो पेफा मूल्यांकनको सुरुवात, रकमान्तर बढ्दा ग्रेड कम हुने चिन्ता


  • 382
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    तेस्रो पेफा मूल्यांकनको सुरुवात, रकमान्तर बढ्दा ग्रेड कम हुने चिन्ता

    काठमाडाैं । नेपालमा तेस्रो पेफा (सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व) मूल्यांकनको शुरुवात गरिएको छ । पेफा सचिवालय, र विश्ववैंक, सहकार्यमा सहसचिवको नेतृत्वमा ११ वटा समुहमा रहेका ६१ जनालाई तालिम दिएर तेस्रो मूल्यांकन सुरू गरेको जनाइएको छ । 

    सन् २०२२ भित्र तेस्रो मूल्यांकन सक्ने लक्ष्य सहित यो कार्यक्रम कार्यन्वनमा लगिएको पेफा सचिवालयले जनाकारी गराएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले पेफा मूल्याङकन मार्फत अर्थतन्त्रको एमआरई हुने भएकाले वित्तीय अनुशासन कायम गराउन र सुधारको लागि सहयोग पुग्‍ने बताएका छन् ।तेस्रो चरणको मूल्यांकन अन्तर्गत संघका साथै चरणगतरुपमा प्रदेश तथा स्थानीय निकायको समेत पेफा मूल्यांकन गर्ने जनाइएको छ ।

    संघको पेफा मूल्यांकन गर्दा लैगिंक तथा वातावरणिय पक्षको समेत मूल्यांकन गर्नु पर्ने सचिव मरासिनीले बताएका छन् । कानुनीरुपमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन तथा नियमावलीमा मन्त्रीसम्मको जवाफदेहिता, आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखापरिक्षणको व्यवस्था स्पष्ट गरिएकोले मूल्याकङमा सहज हुने उनको भनाई रहेको छ ।

    अर्थसचिव मरासिनीले ठूलो रकमान्तर माग हुनुले वित्तीय अनुशासनलाई चुनौति भएको बताए । ‘पुजीगत खर्च २० प्रतिशतको हाराहारी हुँदा ३ खर्ब ६८ अर्बको थप माग भएको छ’ मरासिनीले भने ‘यसरी गरिने रकमान्तरले बजेटको विश्वसनियताको पेफा मूल्यांकनमा ग्रेड कम आउन सक्ने छ’ ।

     महालेखा नियन्त्रक सुमनराज अर्यालले अर्थतन्त्रमा अहिले वाह्य प्रभाव देखापरेको सन्दर्भमा पेफा मूल्यांकनले  दीर्घकालीन समस्या समधानमा सहयोग पुग्ने बताए । उनले हाम्रो आफ्नो शैलिमा समेत सुधारलाई जोडदिन उपयुक्त हुने बताउँदै पेफालाई स्थानीय तहसम्म लैजाने जानकारी गराए ।

    राजस्व सचिव कृष्णहरि पुष्करले  नेपालले पेफाको स्वमूल्यांकन गरि सुधारको मापन गर्न लागेको बताए । पेफा सचिवालयका संयोजक थानप्रसाद पंज्ञेनीले सबै मूल्यांकन कर्ताले राष्ट्रिय अभियानको रुपमा रहेको पेफा मूल्यांकन कार्यमा खटिन आग्रह गरेका छन् । यसलाई   अन्तराष्ट्रियस्तरको बनाउन मूल्यांकनलाई वस्तुनिष्ठ बनाउन आग्रह गरे ।

    पेफा सचिवालयका सदस्य(सचिव गोरखवहादुर शाहीले नेपालमा  पेफा मूल्यांकन शुरुवातको सन्दर्भराख्दै यसको सहयोगको विषयमा जानकारी गराए ।

    उनले सन् २००५ पछि वाह्य ऋण कुल ग्राहस्थ उत्पादनको अनुपात बढी रहेको र ऋणको साबा व्याज तिर्न वैदेशिक मुद्रा संचितिको न्युनतापुर्ति गर्न विश्ववैंक तथा अन्तराष्ट्रिय मुद्राकोषले अघि सारेका दुई विकल्प मध्ये सुधारको विकल्पको रुपमा आत्मसाथ गरेको जानकारी गराए । 

    जसमध्ये  एउटा विकल्प,उच्च ऋण युक्त गरिव मुलुकको पहलमा समावेश भएर विकास साझेदारको कडा शर्त पालना गरेर वैदेशिक सहयोग परिचालन गर्ने थियो भने अर्को, सार्वजनिक वित्त व्यवस्थापनका प्रणाली, प्रकिया र संरचनामा सुधार गरि आफ्नै प्राथमिकतामा वैदेशिक सहायता परिचालन गर्ने ।

    निरन्तर सुधारले गर्दा दोश्रो पेफा मूल्यांकनमा ६१ प्रतिसत सुचकहरुमा सुधार हुँदै अहिलेसम्म आइपुग्दा वैदेशिक सहायता नेपालको प्राथमिकतामा परिचालन गर्ने गरि बजेटरी सहायता प्राप्त हुन थालिसकेको उल्लेख गरिएको छ । अमेरिकाको डिसी स्थित पेफा सचिवालयले लागु गरेका पेफा फेर्मवर्क २०१६ तथा अन्य प्रकाशित कार्यविधिको पालना गरि प्रमाणमा आधारित पेफा मूल्यांकन गरिने गरेको छ ।

    फेर्मवर्क अनुसार चार फेजका दश चरणमा ७ वटा पिलर, ३१ वटा सूचक तथा ९४ वटा आयामहरुको पेफा मूल्यांकन गरिने गरेको छ । पेफा सचिवालयले प्रतिवेदनमा आधारित भएर सार्वजनिक वित्तिय व्यवस्थापन सुधार रणनीति तथा कार्यक्रम तयार गरि सवै सरोकारवालाहरु सँग सहकार्य गरि सुधारलाई सँस्थागत गर्ने पद्दति अंगिकार गरेको पेफाले जनाएको छ।

    हालसम्म करिव १ सय ५५ देशले ७ सय २९ पटक पेफा मूल्याकन गरिसकेका छन। तेस्रो मूल्यांकन सन् २०२२ भित्रै सक्ने लक्ष्य राखिएको छ ।

    ब्ततबअजmभलतक बचभब


    images
    images

    Logo