काठमाडौं । न्याय सेवा आयोगको आज बसेको बैठकले ११ सहसचिव सहित १ सय ८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १ सय ८५ जनाको सरुवाको लागि सिफारिस गरेको हो ।
बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण भएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । सरुवा भएका १ सय ८५ जनाको विवरण यसप्रकार रहेको छ ।