images
images

नेप्सेको नयाँ वर्गीकरणः लाभांश दिन नपाउँदा 'जेड' मा पर्यो एनआईसी एशिया


  • 826
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    नेप्सेको  नयाँ  वर्गीकरणः लाभांश दिन  नपाउँदा 'जेड' मा पर्यो एनआईसी एशिया

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई नयाँ वर्गिकरण गरेको छ। नेप्सेले सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको छ।

    नेप्सेले गरेको वर्गीकरणमा राम्रो मानिने 'ए' वर्गमा मा २५ वटा बाणिज्य बैंक परेका छन्। एनआईसी एसिया बैंक बाहेक सबै वाणिज्य बैंक ए मा परेका हुन्  । त्यस्तै 'ए' वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रोपाबर र उत्पादन समुहबाट शिवम् सिमेन्ट परेको छ ।  

    त्यस्तै 'बि' बर्गमा २ वटा फाइनान्स, ४ वटा लघुवित्त, २ वटा हाइड्रोपाबर र इन्भेष्टमेन्ट समुहबाट एचआईडिसीएल परेको छ । वर्ग 'जी' मा भने ८ वटा लघुवित्त, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी , १४ वटा हाइड्रो, होटेल समुहहरु परेका छन् । 

    सबै भन्दा धेरै कम्पनी भने 'जेड' वर्गमा परेका छन् । यस वर्षमा वाणिज्य बैंक समुहबाट एनआईसी बैंक परेको छ ।  त्यस्तै यस समुहमा १२ वटा विकास बैंक, १६ वटा फाइनान्स, ४० वटा लघुवित्त, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा हाइड्रो, इन्भेष्टमेन्ट समुहबाट नागरिक लगानी कोष, ट्रेडिङ समुहका ४ वटा कम्पनी, उत्पादन समुहका १८ वटा कम्पनी, होटेल समुहका ४ कम्पनी, र अन्य समुहका २ कम्पनी रहेका छन् ।


    images
    images

    Logo