भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चैत ९ गतेदेखि सुरु हुने खेलमा ७ वटै प्रदेश र ७७ वटै जिल्लाका सहभागि हुनेछन् ।
भक्तपुरको नगरपालिकाको लिवालिस्थित कर्भर्ड हलमा हुने उक्त खेल चैत ९ गतेदेखि १२ गतेसम्म हुने छ । खेलमा २ सय भन्दा बढी खेलाडीको सहभागीता रहनेछ । नेपाल ब्याडमिन्टन संघ र ब्याडमिन्टन वल्र्ड फेडेरेशनको नियम अनुसार खेल सञ्चालन हुने प्रतियोगिता आयोजक समितिका संयाेजक नवीन प्रजापतिले बताए । खेलमा पन्ध्र वर्ष मुनि (पुरुष), पन्ध्र वर्ष मुनि (महिला), पुरुष एकल महिला एकल भेट्रान डबल (४५ वर्ष माथि) । पुरुष डबल गरि ६ विधामा छुट्याइएको छ ।
खेलमा प्रथम हुने पन्ध्र वर्ष मुनिका महिला र १५ वर्ष मुनिका पुरुष लाई १५ हजार दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने संघले जनाएको छ । त्यस्तै, पुरुष एकल र महिला एकललाई क्रमशः पहिलो हुनेले ३५ हजार दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने प्रजापतिले बताए ।
त्यसैगरी भेट्रान डबल ( ४५ वर्ष माथि)का र पुरुष डबललाई पहिलो हुनेलाई ३० हजार दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय नगद पुरस्कार दिइने छ ।
सो खेलमा जम्मा कुल १६ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो खेललाई सफल बनाउनको लागि समिति तथा उपसमिति समेत गठन गरिएको संघले जनाएको छ ।



