काठमाडौं । इमर्जिङ् नेपालको शेयर लगातार ७ दिन सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेको छ । आज कम्पनीको शेयर मुल्य ४७ रुपैयाँ २० पैसाले बढेर ५ सय १९ रुपैयाँ ८० पैसामा पुगेको छ ।
यो कम्पनीको शेयर कारोबार हुदाँ कम्पनीको शेयर मुल्य २ सय ८७ रुपैयाँमा काराबार सुरु भएको थियो । दोस्रो दिन यो कम्पनीको शेयर मुल्य बढेर २ सय ९८ दशमलव ६ अंकमा पुगेको थियो । यस पछि यस कम्पनीको शेयर मुल्य लगातार ७ दिन सकारात्मक सर्किट लाग्दा यो कम्पनीको शेयर ५ सय १९ दशमदलव ८० रुपैयाँमा पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा ३ लाख २६ हजार २ सय ७४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।



