भक्तपुर । नेशनल प्याव्सन भक्तपुरले पूर्व प्राथमिक तह स्तरोन्नतिका लागि शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास विषयक अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरेको छ ।
आफ्ना सदस्य विद्यालयहरुमा शिक्षाको जगको रुपमा रहेको पूर्व प्राथमिक तह सुदृढ गर्ने उद्देश्यले “पूर्व प्राथमिक तह स्तरोन्नति(२०७८” कार्यक्रमको सुरुवात गरेसँगै आज सूर्यविनायक रिसोर्टमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
यहि चैत्रबाट सदस्य विद्यालयरुमा सुरु गरिने “पूर्व प्राथमिक तह स्तरोन्नति(२०७८” कार्यक्रम स्कुल स्कुलमा पुराउनु अगाडि सहजिकरणको लागि आजको कार्यक्रम आयोजना गरिएको थियो । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कुलका संचालक र प्रिन्सिपल संजय खड्काले जब प्रि स्कुलका शिक्षकहरुको स्तर बढ्छ तब मात्र स्कुलले प्रगति गर्न सक्छ भन्दै असारमा ध्यान रोपेर मंसिरमा राम्रो फल पाउन उचीत मलजल र गोडमेल गर्नु परे जस्तै शिक्षकहरुको लागि पनि निरन्तर क्षमता अविवृद्धिका कार्यक्रम गर्नु पर्ने बताए ।
निजी विद्यालयको स्तरोन्नति भए मात्र शिक्षकहरुलाई पनि प्रोत्साहन सुविधाहरु दिन सकिने भएकाले पूर्व प्राथमिकका शिक्षकहरु नै स्कुलको शैक्षिक जग भएकाले परिस्कृत रुपमा आफ्नो विद्यालयमा कार्य गर्न हौसला दिँदै उपस्थित १ सय ४६ जना शिक्षकहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
साथै अध्यक्ष खड्काले मन्टेश्वरीको बोर्ड र प्ले स्टेसन हुँदैमा राम्रो इसिडी तथा प्रिस्कुल नहुने भएकाले निरन्तर तालिम र शिक्षकहरुलाई पूनर्ताजगी प्रदान गरी शैक्षिक प्रवर्द्धनका लागि अगाडि बढ्ने बताए । पूर्व प्राथमिक तहका शिक्षकहरुको क्षमता विकास गर्न र शिक्षालाई गुणस्तरीय बनाउन आयोजित अभिमुखीकरण कार्यक्रममा फिनिक्स मन्टेश्वरीकी संचालिका एवं प्रशिक्षकद्वय रीता घिमिरे तिमिल्सिना र रीता आचार्यले सहजीकरण गरेका थिए ।
नेशनल प्याब्सन भक्तपुर र फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटीबीच सहकार्यको ३ वर्षे सम्झौता भएकोले विद्यालयलाई मजबुत बनाउन फिनिक्स मन्टेश्वरीले शिक्षकहरुलाई तालिम दिने, अभिभावक शिक्षा सञ्चालन गर्ने र आवश्यक शैक्षिक परामर्श समेत दिने लगाएतका सम्पूर्ण कार्यमा सघाउने कुरा नेशनलन प्याव्सनका सचीव तथा इडेन गार्डेन स्कुलका प्रिन्सिपल जय प्रकाश राईले बताए ।



