काठमाडौं । गोरखापत्र संस्थानका महाप्रबन्धकका लागि १० जनाको नाम छनौट भएको छ । उक्त १० जनालाई सुचना तथा प्रविधि मन्त्रालयले अन्तवार्ताको लागि चैत ९/१० गते बोलाइएको छ ।
फागुन २७ गते गोरखापत्र पत्रिकामा प्रकाशित सुचनाको आधारमा दर्ता हुन आएका दरखास्त मध्ये उक्त १० जनालाई मन्त्रालयले व्यवसायिक कार्ययोजना प्रस्तुति र अन्तवार्ताका लागि आउन अनुरोध गरेको छ ।
मन्त्रालयले छनौट गरेका नामहरुमा अर्जुन बस्नेत, उत्तर सिंह विष्ट, उपेश महर्जनलाई सुचना तथा प्रविधि मन्त्रालयमा अन्तवार्ताको लागि चैत ९ गते बिहान ७–१० बजेसम्म बोलाएको छ । त्यस्तै, तारा बाहादुर थापा, भक्त बाहादुर थापा र भवानी कार्कीलाई चैत ९ गते बेलुका ५ बजे देखि ८ बजेसम्म बालाइएको छ ।
त्यस्तै, भुवनराज भट्ट, राम प्रसाद दाहाल, लाल बाहादुर ऐरी, र हरी प्रसाद भट्टराईलाई चैत १० गते बिहान ७ देखि १० बजेसम्म बोलाइएको छ ।



