काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोवार भएकोमा आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा काराबार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



