images
images

उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. भट्टराई


  • 335
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. भट्टराई

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन्। शनिबार चितवनको सौराहमा सम्पन्न सङ्घको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतरूपमा डा भट्टराईको अध्यक्षतामा १ सय १ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणि बाँस्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा दुर्गाप्रसाद गौतम र देवेन्द्रप्रसाद चौलागाईँ, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवमा शोभा कोइराला, शोभाकान्त बस्याल, विक्रम लिम्बू चेम्जोङ र प्रेम बस्नेत रहेका छन् । अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भीमलाल पौडेलले जानकारी दिए ।

    अधिवेशनको एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उद्घाटन गरे । उनले अबको युग निर्माणको भएकाले उद्योगी व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले भने, “समृद्धिको यात्रामा पूँजीको विकास गर्नुपर्छ, त्यसका लागि उद्योगीहरूको भूमिका महत्वपूर्ण रहन्छ ।”

    साधारणसभामा अध्यक्ष डा. भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव ईश्वरबहादुर गुरुङले प्रस्तुत गरेका साङ्गठनिक प्रतिवेदन पारित भएको छ ।  विक्रम संवत् २०७० मा स्थापना भएको नेपाल उद्योग सङ्घ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घअन्तर्गतको संस्था हो । 


    images
    images

    Logo