images
images

करिब ७ अर्ब रुपैयाँको फलफुल आयात


  • 479
    SHARES
  • २०७८ चैत्र ५ गते शनिबार

    करिब ७ अर्ब रुपैयाँको फलफुल आयात

    काठमाडौैँ ।  चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफुलको आयात अकासिएको छ ।  सो अवधिमा  ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ सय रुपैयाँ मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । 

    छिमेकी मुलुक चीनबाट  ३ अर्ब २२ करोड २२ लाख ३० हजार रुपैयाँ मूल्यका विभिन्न जातका ३ करोड ८३ लाख ५९ हजार १ सय ३३ केजी  स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । 

    नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफुलको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफुलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७÷७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।  

    नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट१ अर्ब १५ करोड ३२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको ११ लाख ५३ हजार २ सय ५६ रुपैयाँ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । 

    विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल ४अर्ब ३७ करोड ८१ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    यसैगरी सोही अवधिमा नेपालमा  ७८ करोड ५१ लाख १५ हजार रुपैयाँ छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट् ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट  ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६ रुपैयाँ मूल्य बराबरका कूल १ करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ  ।

    त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट  ५३ करोड ९६ लाख ५ हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३ सय ९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफुलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ । 

    पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । १०० मिटरको उचाइदेखि २ हजार ४ सय मिटरको उचाइमा ८ सय  मिलीमिटरदेखि १ हजार २ सय मिलीमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ । कागतीलाई सुन खेतीका नामले पुकारिन्छ । झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब  १० लाख रुपैयाँ आम्दानी हुने कृषि विज्ञको भनाइ छ । 

    नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा  ४५ करोड ९२ लाख ६० हजार रपैयाँ मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५ सय ३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ । 

    त्यस्तै सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार ८ किलोग्राम अङ्गुर आयात भएको तथ्याँङ्क छ । 

    यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट रु दुई करोडको एभोकाडो, भारतबाट  १६ करोड रुपैयाँको खर्बुजा, चीनबाट  १३ करोड रुपैयाँको नासपाती भारतबाट  ४ करोड रपैयाँको किवी,९ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलपूmल गरी झन्डै रु तीन अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।      

     


    images
    images

    Logo