images
images

नागरिक लगानी कोषको रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री 


  • 559
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    नागरिक लगानी कोषको रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री 

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पुर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उनले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताएका हुन् । 

    कोष जस्तै संस्थाहरुले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । उनले  मुलुकको स्तारोन्नतीको लागि उक्त रकम आवश्यक भएकोमा जोड दिए । नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋmणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पुरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताए । 

    उनले बजारबाट पैसा हराइरहेको बिषयमा सरकारले चासो राखिराखेको भन्दै निस्कृय रहेको पुँजीलाई लगानी गर्नुपर्ने खाँचो औल्याए । आयातमा भएको बृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले भने, ‘उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनु पर्छ’ । 

    कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए । सेयर बजारमा लगानी कोषको भुमिका महत्वपुर्ण  हुने भन्दै कोस संग सहकार्य गर्न बोर्ड तयार रहेको उनको भनाई थियो । 
    कार्यक्रमलाई स्वागत गर्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्याइरहेको बताए ।
     
    कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैया पुगेको छ भने चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैया रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताए । 

    कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले बताए ।
     
    कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनको भनाई थियो । कार्यकारी निर्देशक नेपालले कोषले आवाश कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलब मानको रकम वा ८० लाख रुपैया मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरी सकेको धारणा राखे । उनले कोषका कार्यक्रममा पति, पत्नि दुवै सहभागी भएको भए आवाश कर्जा सिमालाई १ करोड रुपैयाँ सम्म सुबिधा प्रदान गर्ने कार्य सुरु गरीसकेको जानकारी दिए ।
     
    सो अवसरमा कोषका संचालक इश्वरीप्रसाद अर्यालले कोषमा सिमित जनशक्ति रहेपनि संचालन देखी कोष नाफामा गएको बताउदै भने‘कोषले सिमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्छ ’। त्यसैगरी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाइले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेट मार्फत कर छुटको सिमा बढाउनुपर्ने, कोष सरहकै अन्य संघ संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कोषले २० बर्ष सेवा पुगेका र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो  । 
     


    images
    images

    Logo