काठमाडौं । अपि पावर कम्पनीको हकप्रदको लागि बुकक्लाेजको मिति तोकेको छ । कम्पनीले चैत ४ गते बसेको सञ्चाल समितीको बैंठकले चैत १४ गतेको लागि बुक्लोजको मिति तोकको हो ।
कम्पनको चैत १३ गतेसम्म कायम भएका शेयरधनीहरूले कम्पनीले जारी गर्दा हकप्रदको लागि आवेदन दिन सक्छन्। कम्पनीले चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको १ः०.३९३६ को अनुपातमा १०० रुपैयाँ अंकित १ करोड ८ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।