images
images

स्थानीय निर्वाचनका लागि आयोगले तोक्यो मतदान समय, प्रचारप्रसार गर्न १२ दिन समय


  • 824
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    स्थानीय निर्वाचनका लागि आयोगले तोक्यो मतदान समय, प्रचारप्रसार गर्न १२ दिन समय

    काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदान समय निर्धारण गरेको छ । आयोगले तोके अनुसार बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिनेछ । 

    निर्वाचनमा उम्मेदवारले निर्वाचन हुनुभन्दा १८ दिन अगाडि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराउन पाउनेछन् । जसअनुसार बैशाख १२ गतेका लागि उम्मेदवारी दर्ताको मिति तोकिएको छ । 

    १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ । १४ र १५ गते उजुरीउपर छानबिन गरी निर्णय हुनेछ । सोपछि बैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ । नामावली अनुसार उम्मेदवारले १७ गते मात्रै चुनाव चिन्ह पाउनेछन् । उम्मेदवारको चुनाव चिन्ह निश्चित भएपछि मात्रै प्रचारप्रसार गर्न सकिने भएकोले १२ दिन मात्रै निर्वाचन प्रचारप्रसारको समय हुनेछ ।

    यद्यपि पार्टीको तर्फबाट उम्मदवार भएकाले पार्टीकै चुनाव चिन्ह पाउने भएकोले उनीहरुका लागि भने अहिलेदेखि नै प्रचारप्रसार गर्नसक्ने अवस्था छ । 


    images
    images

    Logo