images
images

ब्याजदर नियन्त्रणका लागि हस्तक्षेप गर्ने तयारीमा अर्थ मन्त्रालय


  • 1.7K
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    ब्याजदर नियन्त्रणका लागि हस्तक्षेप गर्ने तयारीमा अर्थ मन्त्रालय

    काठमाडौं । अर्थ मन्त्रालयले बजारको बढ्दो ब्याजदर नियन्त्रण गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल गर्न छलफःल थालेका छन् । 

    ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु । 

    उनले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए । त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए ।

    ‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनँले भने । उनले ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिए ।


    images
    images

    Logo