images
images

माडीमा आगलागी हुँदा ६० लाखको क्षति, आगलागीको कारण अझै खुल्न सकेन


  • 356
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    माडीमा आगलागी हुँदा ६० लाखको  क्षति, आगलागीको कारण अझै खुल्न सकेन

    काठमाडौं । माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा  ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी भएको थियो ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी पाँच क्विन्टल, गहुँ दुई क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थानलगायत ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाँडावर्तन नष्ट भएको छ ।

    यस्तै कुखुरा फार्ममा रहेको तयारी कुखुरा एक हजार २ सय  र चल्ला एक हजार पूर्णरूपमा जलेर नष्ट भएको उनले जानकारी दिए । अधिकारीका अनुसार आगलागी आज बिहान ४ः३० बजे भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।


    images
    images

    Logo