काठमाडौं । ऐतिहासिक नारायणहिटी दरबार क्षेत्रमा ५ वटा सरकारी कार्यालय थपिएका छन् । यसअघि पराष्ट्र मन्त्रालय र पछि राहदानी विभाग रहेको स्थानमा अहिले पञ्चाङ्ग निर्णायक समिति, तारागाउँ विकास समिति, नीति तथा अनुसन्धान प्रतिष्ठान, प्रतिलिपि अधिकार रजिष्ट्राको कार्यालय र राष्ट्रिय परिचयपत्र इकाइ रहेका छन् ।
यसअघि प्रधानमन्त्री कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको कार्यालय राख्ने विषयमा द्वन्द्व भएको थियो । पछि संस्कृति मन्त्रालयले हस्तक्षेप गरी आफ्नो मातहतको कार्यालय मात्रै राख्ने तयारी गरेको थियो । पछि प्रधानमन्त्री कार्यालयले भाडामा रहेका केही कार्यालय सार्न आग्रह गरेपछि अहिले ४ कार्यालय रहेको हो ।