images
images

निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी बन्न राजीनामा दिनुपर्ने


  • 341
    SHARES
  • २०७८ चैत्र ३ गते बिहीबार

    निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी बन्न राजीनामा दिनुपर्ने

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी दिन चाहेमा राजीनामा दिनुपर्ने भएको छ । 

     आयोगले तयार गरेको आचारसंहिताको आधार स्थानीय तहबाट पारिश्रमिक र सुविधा लिइरहेको व्यक्तिले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार बन्न सकिने व्यवस्था छ । आयोगले आचारसंहिताको आधारमा दलहरूलाई सुझावका लागि पठाएको थियो । दलहरूले दिएको सुझावका आधारमा आचारसंहितालाई मंगलबारसम्म अन्तिम रूप दिने आयोगको तयारी थियो । स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामै यो प्रावधान राख्न लागिएको आयोगले जनाएको छ ।

    राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’

    ‘स्थानीय तहबाट पारिश्रमिक वा सुविधा पाउने गरी निर्वाचित वा मनोनयनद्वारा बहाल रहेका पदाधिकारीले स्थानीय तहको कुनै पदमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिनुपर्नेछ,’ आयोगले तयार गरेको आचारसंहिताको मस्यौदा छ । 

     

     


    images
    images

    Logo