काठमाडौं । हामी फागु पूर्णिमा र होली पर्वलाई एउटै अर्थमा बुझ्छौं । तर, यी दुईबीच तात्विक रुपमा अन्तर छ । पौराणिक कथन अनुसार फागुपूर्णिमाले कृष्ण र राधाको समयको कथालाई प्रतिनिधित्व गरेको छ । यमुना नदीमा कृष्णले राधाको सबै वस्त्र लुकाइदिएपछि लज्जित भएको कथा यससँग सम्बन्धित छ ।
उता, होली पर्वले होलिकाले प्रल्हादलाई मार्न खोजेको विषयसँग सम्बन्धित छ । यो फागुन शुक्ल पक्षको पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।
नेपालको तराइ भूभागमा होली फर्व मनाइन्छ भने पहाडमा फागु पर्व मनाइन्छ । त्यसैले यो पर्व मनाउने दिन पनि फरक फरक हुन्छ ।