images
images

क्रिष्टोकरेन्सी जस्तै नेटवर्किङ कारोबार, ‘विन–विनर’ले ठग्दैछ हजारौं नेपाली


  • 696
    SHARES
  • २०७८ चैत्र ३ गते बिहीबार

    क्रिष्टोकरेन्सी जस्तै नेटवर्किङ कारोबार,  ‘विन–विनर’ले ठग्दैछ हजारौं नेपाली

    काठमाडौं । वुटवलका नकुल मगर अहिले साउदी अरेबियामा छन् । उनी साउदी जानुको अरु कुनै सपना छैन, मात्रै ठगिएको पैसाले लागेको ऋण तिर्ने बाहेक । महिनामै ३/४ लाख कमाइ हुने प्रलोभनमा उनले ३÷४ लाख रुपैयाँ नै डुबाए । रकम डुबेको थाहा पाएपछि उनी फसादमा परे । उनी भन्छन्, ‘ऋण लिएको व्यक्तिले पैसा फिर्ता माग्न थालेपछि अहिले साउदी आएको छु ।’

    सीमावर्ती भारतीय क्षेत्रका सञ्चालित नेटवर्किङ धन्दामा पीडित भएका हुन् उनी । वि–विनर नामको कम्पनीको नामबाट सञ्चालित उक्त व्यवसाय नेपाली सीमाभन्दा १४ किलोमिटरको दूरीमा पर्ने विहारको पुन पुन भन्ने ठाउँमा सञ्चालित छ । यसको उद्देश्य भनेकै नेपालीलाई ल्याउनु र ठगी गर्नु हो । जसमा अधिकांश व्यक्ति नेपाली नै संलग्न छन् । 

    कसरी हुन्छ ठगी ? 

    नेपालमा बेरोजगार रहेका व्यक्तिलाई धेरै कमाइ हुने प्रलोभनमा त्यहाँ पुर्याइन्छ । सामाजिक सञ्जाल वा त्यहाँ पुगेका व्यक्तिको नेटवर्कमा भएका व्यक्तिलाई त्यहाँ लगिन्छ । सुरुमा ७ दिनको तालिमका लागि भन्दै शुल्क उठाइन्छ । तालिम सकिएपछि काम लगाउने प्रलोभनमा १०/१२ हजार रुपैयाँ शुल्क तिर्न तयार हुन्छन् । 

    ७ दिनको तालिममा विभिन्न व्यक्ति आउँछन् । अरु व्यक्तिलाई कसरी मेम्बर बनाउने भनेर सिकाउँछन् । यही व्यवसायबाट आफू कसरी सफल भएँ भनेर सुनाउँछन् । त्यहाँ अरु केही हुँदैन, ७ दिनसम्म यही सुन्ने काम मात्रै हुन्छ ।

    एक हप्ताको तालिम सकिएपछि त्यसरी जाने व्यक्तिलाई लगानी गर्न भनिन्छ । ती पीडित भन्छन्, ‘जति नयाँ मेम्बर बनाउन सक्छ, उसले त्यही अनुसार माथिल्लो पद पाउँछ । पद पाउँदै गर्दा कमिसन पनि बढ्दै जान्छ ।’ 

    उनका अनुसार यो कम्पनीले प्रिमाक्र्यु, माक्र्यु, प्रिडुक, डुक, सिनियर डुक जस्ता पदको सिर्जना गरेको छ । एउटा व्यक्तिले ४ जना ल्याउन सक्यो र उसले ल्याएका ४ जनाले नै ४÷४ जना ल्याउन सके भने त्यस्तो व्यक्तिलाई प्रि–माक्र्यु पद दिइन्छ । यसरी जम्मा २० जनाले गरेको लगानी अनुसार उसको आम्दानी हुन्छ । 

    त्यही अनुसार माक्र्यु, प्रिडूक, डूक, सिनियर डुक लगायत पद हुन्छन् । सिनियर डूक बन्नको लागि आफ्नो नेटवर्कमा हजारौं व्यक्ति आउनुपर्छ । जसले ल्याउन सक्छ, कमाइ हुन्छ । ल्याउन नसक्ने र ल्याए पनि लगानी गर्न नसक्नेलेको पैसा मात्रै डुब्छ । 

    कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञाको समयमा जागिर गुमाएकालाई यो व्यवसायले प्रमुख निशाना बनाएको उनी बताउँछन् । उनका अनुसार दोहोरी साँझ, नाइट क्लब जस्ता मनोरञ्जन क्षेत्रमा काम गर्ने सयौं सेलिब्रेटीहरुले समेत यसमा लाखौं रुपैयाँ डुबाएका छन् ।

    सरकारले नेटवर्किङ शैलीमा हुने कारोबारलाई गैरकानुनी मानेको छ । उता पछिल्लो समय क्रिष्टोकरेन्सी कारोबारमा कडाइ गर्न निकै ठूलो जोडबल समेत लगाएको छ । नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण लगायत संयन्त्रमार्फत् सरकारले यस्तो कार्यमाथि नियन्त्रणको प्रयास गरिरहेको छ । 

    तर, क्रिष्टोकरेन्सीको नाममा जनता ठगिएको भन्दै सरकारले यसरी कडाइ गरिरहेको बताइरहँदा अहिले सीमावर्ती भारतीय शहरमा भने गरिब र सोझा नेपालीलाई ठग्ने यस्तो धन्दाबारे प्रशासन अनभिज्ञ जस्तै देखिएको छ । 


    images
    images

    Logo