images
images

स्थानीय चुनावको लागि साना दलले आफ्नो चुनाव चिन्ह पाउने


  • 349
    SHARES
  • २०७८ चैत्र ३ गते बिहीबार

    स्थानीय चुनावको लागि साना दलले आफ्नो चुनाव चिन्ह पाउने

    काठमाडौं । स्थानीय चुनावको लागि साना दलले आफ्नो चुनाव चिन्ह पाउने भएका छन् । स्थानीय तहको बैशाख ३० गते हुने चुनावको निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दललाई पनि आफ्नै चुनाव चिन्ह दिने तयारी गरेको छ। 


    बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको छ। तर साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचनालगायत विवरण खुल्ने कागजात आयोगमा पेश गरिसक्नुपर्नेछ। स्थानीय चुनावमा भाग लिनका लागि ७३ साना दल आयोगमा दर्ता भएका छन भने जसले गर्दा उनीहरुले आफुले चाहेको चिन्ह छनोट गर्न भएका छन् । 

    आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आफ्नो दलको कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना छन् त्यो खुलाएर पठाउन भनेको छ।  

    sana dal notice aayog.JPG
    undefined

     


    images
    images

    Logo