काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण लिएकी छिन् । बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल ज्यू वाट कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धिनिर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।
उनले कम्पनीको मिति २०७८/११/२९ भएको ३३ औं वार्षिक साधारण सभा वाट कम्पनीको संचालक समितिको पूर्न गठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्न निर्वाचित भएको हो ।
उक्त समारोहमा बीमा समितिको अध्यक्षवाट कम्पनीको पूर्न निर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए ।