काठमाडौं । एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । ती कम्पनीहरुको प्रस्तावित लाभांशपछि शेयरमूल्य समायोजन भएको हो ।
दुवै कम्पनीले शुक्रबारका लागि बुक क्लोजको मिति तोकेका छन् । बुक क्लोज हुनुभन्दा अघिको अन्तिम कारोबारका आधारमा मूल्य समायोजन भएको हो ।
एनएलजी इन्स्योरेन्सले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरपछि ७९९.०९ रुपैयाँमा शेयरमूल्य समायोजना भएको छ । त्यस्तै, गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयरपछि ४८१.०३ रुपैयाँमा मूल्य समायोजन भएको छ ।