काठमाडौं । सरकारी छाप कीर्ते गर्ने १२ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा नक्कली सरकारी छापको प्रयोग गरेरे छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाएर ठगी गरिरहेको अवस्थामा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यसरी पक्राउ पर्नेहरुमा गौगबु बस्ने २९ वर्षीय अमृत थापा, २४ वर्षीय प्रज्वल खड्का, ३६ वर्षीय गोमा बजगाइँ, ३३ वर्षीय जीवन कुमार श्रेष्ठ, सामाखुसी बस्ने ३० वर्षीय रञ्जित कार्की, बालाजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन् ।
त्यस्तै, गौसाला बस्ने ३७ वर्षीय मिठे मगर, ललितपुरको मानिखेल बस्ने रमेश बजागाइँ, माछापोखरी बस्ने २५ वर्षीय सन्दिप मैनाली, धुम्बाराही बस्ने २१ वर्षीय अभिषेक मगर, सिनामंगल बस्ने २२ वर्षीय निरञ्जन तिवारी र कलंकी कस्ने २४ वर्षीय मदन तामाङ रहेका छन् ।
उनीहरुको साथबाट १४ थान मोबाइल, विभिन्न सरकारी तथा निजी संस्थाका छापहरु बरामद गरिएको छ ।



