काठमाडौं । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि लागि जागिर खुलाएको छ । लोकसेवा आयोगले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहको स्टार्फ नर्स पदमा पदपूर्तिका लागि विशेष विज्ञापन आह्वान गरेको हो ।
जसअनुसार स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ पाँचौ तह अन्तर्गत खुलामा १ सय ६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा ७ र पिछडिएका क्षेत्रमा ५ सिट कायम गरिएको छ ।
इच्छुक योग्य उम्मेदवारले चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् । आवेदनका लागि खुलमा ४ सय रुपैयाँ तथा प्रत्येक थप समूहका लागि २ सयका दरले शुल्क लाग्नेछ । पाठ्यक्रम लोकसेवा आयोगको वेवसाइटबाट हेर्न सकिने



