काठमाडौं । नेपाल प्रहरीका ३ डीआईजीलाई एआईजी बनाउन सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयको मंगलबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बजाउन सिफारिस गरेको हो ।
यसरी सिफारिसमा पर्नेहरुमा वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुक रहेका छन् । पन्त हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । सिंह केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा कार्यरत छन् भने धानुक प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान विभागमा छन् ।
सरकारले केही दिन अघि मात्रै प्रहरीमा एआईजीको दरबन्दी थप गरेको थियो । सिफारिसमा परेकाहरूलाई मन्त्रिपरिषद्ले बढुवा गर्नेछ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामि वैशाख १८ गते अवकाश पाएपछि यी तीन सहित एआइजीहरु प्रहरी महानिरिक्षकको दाबेदारीमा हुनेछन् ।



