images
images

एक लाख म्यादी प्रहरीमा भर्ना खुल्यो, ६ दिनको म्याद


  • 1.4K
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    एक लाख म्यादी प्रहरीमा भर्ना खुल्यो, ६ दिनको म्याद

    काठमाडौं । स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुला भएको छ । प्रहरी प्रधान कार्यालयले एक लाख जना म्यादी प्रहरीका लागि चैत ६ देखि ११ गतेसम्मको समय दिएर भर्ना खुलाएको हो । 

    इच्छुक व्यक्तिले जिल्ला प्रहरी कार्यालयमार्फत् फाराम लिएर भर्न सक्नेछन् । १८ देखि ५४ वर्षका व्यक्तिले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने कार्यालयले जनाएको छ । 

    म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । 

    Myadi-Police_release.jpg


    images
    images

    Logo