काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
अहिले संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा विरुद्धको महाअभियोगमाथि छलफल भइरहेको छ । तर, महाअभियोग पारित गर्न संसदमा सत्ता पक्षसँग दुुइतिहाइ बहुमत छैन । यस्तो अवस्थामा महाअभियो प्रक्रियालाई अल्झाउन सरकारले अधिवेशन अन्त्य गरेको हो ।
अब स्थानीय तहको निर्वाचन अघि संसद खुल्ने सम्भावना कम देखिएको छ । स्थानीय निर्वाचन सकिएलगत्तै बजेट अधिवेशनका लागि संसद खुल्ने सम्भावना छ ।