काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेड बीचबीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्षशिवप्रसाद मानन्धरले सम्पुर्ण सहभागीलाई स्वागतगर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाशपानर्’ भएको थियो ।
सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसंग सहकार्य गरी परिस्कृत सेवाप्रदान गर्न यो सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने छ भन्ने विश्वास र प्रतिवद्धताव्यक्त गरेका थिए
उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राजदहालले आजको वदलिदो परिस्थितमा बीमाको अपरीहार्यताको बारेमा प्रकाशपार्दै बीमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेमा पछी दावीको अवस्थामा कुनै समस्यानहुने कुरा आफ्नो प्रस्तुती करणमा बताए । उक्तकार्यक्रमका संयोजक तथा सघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रष्ट पारेका थियो भने संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
सोहीअवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्षशिव प्रसाद मानन्धरले बीमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।



