नक्कली प्रमाणपत्रबाट बनाएका ८ इन्जिनियर्सको लाइसेन्स खारेज
576
SHARES
२०७८ चैत्र १ गते मंगलबार
काठमाडौं । नेपाल इन्जिनियरिङ्ग परिषदले ८ इन्जिनियर्सको लाइसेन्स खारेज गर्ने भएको छ । परिषदले सुचना जारी गर्दै नक्कली प्रमाणपत्रद्वार लाइसेन्स बनाएका ८ इन्जिनियर्सकाे लाइसेन्स खारेज गर्ने भएको हो ।
यस परिषद्ले ब्याचुलर अफ इन्जिनियरिङ्ग को किर्ते प्रमाणपत्र जुटाई दर्ता गराएका ८ इन्जिनियर्स हरुको नाम र दर्ता नम्बर परिषद्को साधारण दर्तावाला दर्ता किताबबाट हटाइएको परिषदले जनाएको छ ।
नक्कली प्रमाणपत्रबाट लाइसेन्स बनाउनेहरुमा इन्जिनियर्स शेखर पंजियार, मनिष कुमार यादव, संतास लामा, सुरज सिंखडा, सन्देश घिमिरे, अभिनाश गौचन, श्रीराम गौतम र बिशाल श्रेष्ठ रहेका छन् ।