काठमाडौं । आज एकैदिन सुनको मुल्य १८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोवार भएको हो ।
सोमबार सुनको मुल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ८ सय रुपैयाँले घटेर आज सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मुल्यमा ३५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



