images
images

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच रेमिट्यान्स भुक्तानी सम्झौता


  • 758
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाडौं । इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५००० बढी एजेन्ट संगै अब प्रभु म्यानेजमेन्ट संग आवद्ध नेपालभरी रहेका ७,००० बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ । 

    यसका साथै प्रभु म्यानेजमेन्टसंग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिनेछ । सम्झौता बारे आफ्नो मन्तव्य व्यक्त गर्दै ईसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने,“प्रभु म्यानेजमेन्ट संग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं र यसले ईसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्यायाउने उनले बताए । 

    प्रभु मेनेजमेन्टले विभिन्न प्रकारका विल भुक्तानी गर्नका लागि रेमिट्यान्स सेवा, बैंकिङ् सेवा, सहकारी लगायत अन्य सुबिधाहरु उपलव्ध गराएको थियो । भने ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १०, ००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो । 


    images
    images

    Logo