काठमाडौं । मोरंग व्यापार संघकाले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विराटनगरमा भेट गरी ज्ञापन पत्र बुझाएको छ ।
निवर्तमान अध्यक्ष प्रकाश मून्दडाले बैंकहरुले हाल संस्थागत निक्षेपमा १० प्रतिशत सम्म व्याजदर कायम गरेको र आगामी चैत्रमा बैंक व्याजदर ११ प्रतिशत सम्म पुग्न सक्ने समेत सम्भावना देखिएको बताई हालका लागि संस्थागत निक्षेपमा अधिकतम् ६ प्रतिशत बैंक ब्याजदर कायम गराउन माग गरेका छन्
साथै तरलता अभावको समस्या न्यूनिकरण गराउन सम्बन्धित निकायलाई तत्काल कदम चाल्न पहल गरिदिन अर्थमन्त्री जनार्दन शर्मा र ‘प्रचण्ड समक्ष अनुरोध गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश मून्दडा सहित पूर्वअध्यक्ष महेश जाजू , पूर्व अध्यक्ष पवन कुमार सारडा, उपाध्यक्ष (उद्योग) विकास कुमार बेगवानी, का.का.सदस्यहरु दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशिष गोल्छा, सुशिल सुराना र गोपाल अग्रवालको उपस्थित रहेको थियो ।



