काठमाडौं । आज सुन मुल्य ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा काराबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारावार भएको सुनचाँदी व्यवसायी मंहासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्यमा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोवार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।