काठमाडौं । नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र उनको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले पूर्ण इजालसमा पठाउन आदेश गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको को संयुक्त इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र निर्देशन विपरीत कामकारवाही गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए ।
आइतबारको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको हो ।माधव नेपाल सहित १४ जना सांसद पद रहने वा नरहने विषयको टुंगो अब सर्वोच्चको पुर्ण फैसलाबाट ढुंगिने छ । पूर्ण सुनुवाईको लागि मिति भने तोकिन बाँकी नै छ ।



