काठमाडौं । बैंकको ब्याजदर स्थिर राख्रे निणर्य भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको छ ।
विहीवार तुलनामा कारोबार रकम बढेको छ । २ सय २८ कम्पनीको ४ अर्ब ८७ करोड ९० लाख २२ हजार कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ परिसुचक समुहमा १३ बटै कम्पनीमा हरियाली छाएको छ ।
आज कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मुल्य सकारात्मक सर्किटलागेको छ । एशियन लाईफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा १० प्रतिशतले बढेकाे छ ।
इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य करिव १० प्रतिशतले बढेको छ । सूर्या लाइफ इन्स्योरेन्सको शेयर मुल्य ९.८९ प्रतिशतले बढेको छ ।



