images
images

भष्ट्राचार र अनियमितता गर्नेलाई कडा कारबाही गर्छौँ : जयबहादुर चन्द


  • 672
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    भष्ट्राचार र अनियमितता गर्नेलाई कडा कारबाही गर्छौँ : जयबहादुर चन्द

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भष्ट्राचार र अनियमितता गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिबास महोत्तरी र सिराहामा गरेको जिल्लास्तरीय भष्ट्राचार नियन्त्रण तथा सुशासन अन्तरक्रिया कार्यक्रममा बोल्दै चन्दले भष्ट्राचार र अनियमितता गर्नेलाइ कानुनको दायरामा ल्याउने बताएका हुन् । 

    कार्यक्रममा चन्दले भष्टचार विरुद्धमा मात्र नभइ समाजको विकृति विसंगतिविरुद्ध पनि लड्नु पर्ने बताए। समाजमा खराब आचरण भएका व्यक्तिलाई खराब र राम्रो आचरण भएका व्यक्तिलाई राम्रो भन्न नसकेसम्म यो प्रवृति नरोकिने चन्दकाे  भनाई थियाे ।

    कार्यक्रममा अख्तियार अनुसन्धान कार्यालय बर्दिबासका प्रमुख सहसचिव गोपाल कुमार अधिकारीले जुनसुकै माध्यमबाट उजुरी आउन सक्ने भएकाले उजुरीमा कुनै अनियमितता भए उजुरी गर्न सबैलाई आग्रह गरे। माघ मसान्तसम्म परेका ७९५ उजुरी मध्ये ५ सय ६४ फस्छोर्ट भइसकेको उनले बताए । 

    अन्तरक्रिया कार्यक्रममा धनगढी नगरपालीका  प्रमुख, सुखीपुर नगरपालिका र कर्जन्हा नगरपालिका कर्मचारीबाट बढी अनियमितता भइरहेको र सिरहा नगरपालिका सबैभन्दा बढी अनियमितता भएको पाइएको अधिकारीले बताए । 

     


    images
    images

    Logo