काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँले कारोबार भएको हाे ।
गत साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोवार भएकोे सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा काराबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदकिो मुल्यमा १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



