काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।
कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा कुल २७ करोड २९ लाख ७० हजार रूपैयाँ बराबरको २७ लाख २९ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।
उक्त हकप्रद निष्कासनका लागि कम्पनीले पुुस ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १० गतेसम्म शेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट आवेदन दिनसक्ने जनाइएको छ ।



