काठमाडौं । एक साताको अवधिमा सुनको मूल्य २७ सय रुपैयाँले बढ्को छ। एक सातामा प्रतितोला सुनको मूल्य करिब ३ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९सय रुपैयाँ थियो भने यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला मूल्य १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम छ । रुस र युक्रेन आपसी युद्धमा होमिएपछि विश्वभर सुनको मूल्य निरन्तर बढिरहेको हो । यस कारणले साता सुनको मुल्यमा निरन्तर बढेर १ लाख माथि पुगेको हो ।