काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको साधाराण शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले शुक्रबार १६ लाख किक्ता आईपीओे शेयर नेप्सेमा सुचीकृत भएको हो ।
जाल्पा लघुवित्तको पहिलो दिनको कारोबार न्युनतम मूल्य १ सय ६४ रुपैयाँ ६० पैसा र अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसामा ओपनिङ्ग रेञ्च तोकिएको छ । सो कम्पनीको शेयर आइतबार दोस्रो बजारमा कारोबार हुनेछ ।