images
images

सरकारले ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने


  • 544
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    सरकारले ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने

    सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

    मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए । आजको बैठकमा ५० वर्ष माथिका नागरिकहरुका लागि वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्नेसमेत निर्णय भएको मन्त्री खतिवडाले बताए ।

    त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको मन्त्री खतिवडाको भनाइ छ ।


    images
    images

    Logo