काठमाडौं । विदेशबाट आउने यात्रुहरुलाई खोप लगाएर पुरा भएको कार्ड देखाए पीसीआर रिपोट नचाहिने भएको छ । खोप कार्ड वा पीसीआर नेगेटिभ आएको प्रमाणपत्र भएमा क्वारेन्टिन बस्न नपर्ने भएको छ । उक्त निणय अनुसार हवाई तथा स्थलमागबाट यात्रुहरु कुनैै पनि बाधा बिना नेपाल आउन पाउने भएका छन् ।
नेपाल आउदाँ व्यक्तिले आफुसगँ भएको खोप लगाएर पुरा भएको कार्ड बा पीसीआर नेगेटिभ आएको प्रमाणपत्र दुई मध्ये कुनै एउटा प्रमाणपत्र पेश गर्नु पर्ने छ । यस अघि यात्राव्यवस्थाको लागि लगाएको सबै नियम खारेज गरेको छ ।