काठमाडौं । पञ्जाबमा अरबिन्द केजरीवालको पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । पञ्जाबको विधान सभा चुनावको १ सय १७ सिटका लागि भएको निर्वाचनमा केजरीवाल नेतृत्वको आम आदमी पार्टीले ४४ सिटमा जितेको छ भने ४८ सिटमा अग्रता बनाएको छ ।
अहिलेसम्म ५० सिटको नतिजा आएको छ । त्यसमध्ये आपले ४४ सिट जित्दा काँग्रेस आईले ४ सिट, शिरोमणि अखिल दलले १ सिट र भारतीय जनता पार्टीले १ सिट जितेको छ ।
मतगणना भइरहेको ठाउँमध्ये काँग्रेसले १४ सिट, शिरोमणि अखिल दलले २ सिट र भारतीय जनता पार्टीले १ सिटमा अग्रता बनाएको छ ।