काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउनका लागि छुटै लाइन बस्नुपर्ने प्रवधान हटाएको हो ।
श्रम डेस्कमा सहिछाप लगाउने वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुख दिएको जानकारी भएपछि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रीले राखिएको श्रम डेस्क हटाउने निणय गरेको हो । श्रममन्त्री सहित मन्त्रालयको अधिकारीले बुधवार विमानस्थलमा गएर श्रम डेस्क हटाएको हो । अनलाइन प्रणाली आइसकेको समयमा श्रम डेस्कको आवश्यकता नभएको कुरा बताउदैँ श्रममन्त्रीले हिजो देखि यो समस्यालाई हटाएका हुन् ।
बैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रबेशद्धारलाई सिमित गरिएको कारण श्रमिकले घण्टासम्म पनि लाइन बस्नुपर्ने अबस्था रहेको थियो ।



