काठमाडौं । आज सुनको मुल्यमा एकै दिन ३५ सय रुपैयाँले घट्को छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा आज ३ हजार ५ सय रुपैयाँ घटेर आज प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



